उपत्यकाका तीन जिल्लामा बाढीबाट २३ जनाको मृत्यु, ३ बेपत्ता

९१८ को उद्धार
शनिबार, असोज १२, २०८१

काठमाडौँ । अविरल वर्षका कारण बिहीबार रातिदेखि आएको बाढी, पहिरो र डुबानका कारण २३ जनाको मृत्यु भएको छ ।  उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं, ललितपुर र  भक्तपुरमा गरेर २३ जनाको  मृत्यु भएको हो । ११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अरू केही बेपत्ता छन् । काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ५ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको छ । बाढीबाट प्रभावित ९१८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट प्रभावितलाई उद्धार गर्नका लागि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको उपत्यका प्रहरीले जानकारी दिएको छ । तीन जिल्लामा गरेर ३ जना बेपत्ता छन् । ललितपुरमा हेलिकोप्टरबाट उद्दार भैइरहेको घिमिरेले बताए । तीनवटै सुरक्षा निकायका सेना,प्रहरी र  सशस्त्रको टोली उद्दारमा खटिएको  छ । साथै  काठमाडौं महानगरपालिकाले समेत १७ वटा टोली उद्दारमा खटाएको  छ । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार