सोसल मिडिया
Contact Us
युनिकोड
सिन्धुली । तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली-रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पूर्णरुपमा डुबाएको प्रहरीले बताएको छ । साथै सुनकोसी नदीलगायत सिन्धुली जिल्लाको विभिन्न खोला र नदीहरुमा आएको बाढीले सिन्धुलीका विभिन्न स्थानहरु डुबानमा रहेकोले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।