कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक

शनिबार, असोज १२, २०८१

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार अपराहन्न सप्तकोशीमा ५ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । पानीको सतहले पुललाई नाघेपछि पैदल यात्रुलाई पुलबाट हिड्न रोकिएको छ भने सवारी साधनलाई भने जान दिइएको प्रहरीले जानकारी दिएको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार