सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । अर्जेन्टिनाका गोलकिपर इमालियानो मार्टिनेजलाई दुई खेलको प्रतिबन्ध लागेको छ । फिफाले मार्टिनेजलाई दुई खेलमा प्रतिबन्ध लगाएको हो । विश्वकप छनौट चरणको खेलका क्रममा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको खेलमा मार्टिनेजले क्यामरा अपरेटरसँग गरेको दुर्व्यबहारका कारण दुई खेलको प्रतिबन्ध लगाइएको बताइएको छ । योसँगै मार्टिनेजले अर्जेन्टिनाका विश्वकप छनौटका अक्टोबर १० मा हुने भेनेजुएला र अक्टोबर १६ मा हुने बोलिभियाविरुद्धको खेल गुमाउने भएका छन् । अर्जेन्टिनाको फुटबल फेडेरेसनले फिफाको अनुशासन समितिले लगाएको प्रतिबन्धप्रति असन्तुष्ट रहेको जनाएको छ । अब मार्टिनेज आगामी नोभेम्बरमा अर्जेन्टिनाले खेल्ने पराग्वे र पेरुविरुद्धको खेलमा मात्र टिममा फर्किने छन् ।