प्रचण्डले बोलाए सर्वदलीय बैठक

आइतबार, असोज १३, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएका छन् । प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक आज बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार