आइपिलका हरेक खेलमा खेलाडीले साढे सात लाख म्याच फिस पाउने

आइतबार, असोज १३, २०८१

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आउदो सिजनदेखि खेलाडीले हरेक खेलमा साढे ७ लाख भारु म्याच फिस पाउने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले अब हरेक खेलाडीले आइपिएलको एक खेलको म्याच फिस साढे ७ लाख भारु पाउने जानकारी दिएका हुन् । आइपिएलका सबै लिग खेल खेल्ने खेलाडीले एक सिजनमा एक करोड ५ लाख भारु फ्रेन्चाईजीसँगको सम्झौता बाहेकको रकम म्याच फिस बापत पाउने छन् । आइपिएलले म्याच फिसका लागि हरेक फ्रेन्चाईजीलाई एक सिजनमा १२ करोड ६० लाख भारु छुट्याएको सचिव शाहले जानकारी दिएका छन् ।  शाहले खेलाडीका लागि आइपिएलमा नयाँ युग शुरु भएको बताए ।  
   

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार