राजमार्ग भद्रगोल हुँदा हवाई उडानमा अत्यधिक चाप, टिकट पाउनै मुस्किल

आइतबार, असोज १३, २०८१

काठमाडौं । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ । वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका कारण नयाँ यात्रुले टिकट पाउनै मुस्किल देखिएको छ । ‘आज असाध्यै धेरै टिकटको माग आएको छ,’ यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भन्छन्, ‘पहिला नै टिकट काटेका यात्रु र नयाँ यात्रुको व्यवस्थापन मिलाउनै हम्मे परेको छ ।’ आज सबै गन्तव्यमा जहाज पूर्णक्षमतामा उडेको भन्दै यसले त्रिभुवन विमानस्थल व्यवस्थापनमा समेत चाप परेको उनले बताए । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान संख्या बढाएका छन् । यसले विमानस्थलमा उडानको व्यवस्थापन मिलाउन चाप भएको हो । कम्पनीहरूका अनुसार आज मौसम राम्रो भए रात्रिकालीन उडान गरेर भए पनि धेरै यात्रुलाई काठमाडौं ल्याउने र बाहिर लैजाने योजना छ । ‘यात्रुले आज धैर्य गरिदिनुभयो भने भोलिसम्म धेरै यात्रुलाई हामी व्यवस्थापन गरिसक्छौं,’ यतीका प्रवक्ता बर्तौलाले भने । झापा लगायत गन्तव्यबाट विदेश जानुपर्ने 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार