आधुनिकीकरणमार्फत् शक्तिशाली चीन बनाउन सीको आब्हान

आइतबार, असोज १३, २०८१

चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण गर्न आब्हान गरेका छन् । चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानमा लाग्न सबैलाई आब्हान गरेका हुन् । ‘यतिबेला चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानका लागि महत्त्वपूर्ण समय हो । यसका लागि  जनताको बहादुरीलाई आफ्नो नमूना बनाउनुपर्छ । एकीकृतरूपमा मेहनत गरी विशाल शक्तिको विकासका लागि लाग्नुपर्छ,’ उनले भने । उनले चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासित हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास, मानवजातिको भाग्य र उज्वल भविष्य निर्माणका लागि चीन इच्छुक रहेको औंल्याए ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार