हवाई भाडा दर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन

आइतबार, असोज १३, २०८१

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रामहरि खतिवडाले आइतबार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाईBayu-sewa-sangh-1727620473.jpg
समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ', निर्देशनमा भनिएको छ, 'तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।'

वायुसेवा संचालक संघले भन्यो- असोज १६ गतेसम्म अपर लिमिटको टिकट बेच्दैनौं

वायुसेवा संचालक संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ । सडक सञ्जाल बिच्छेद भएपची हवाई कम्पनीहरुले टिकटको मुल्य बढाएको चौतर्फी आलोचना भएका बेला संघले अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको अध्यक्ष मनोज कार्कीले जानकारी दिएका छन् । संघले भनेको छ - संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमवार देखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अपर लिमिटको भाडादरमा टिकट नवेच्ने निर्णय गरियो ।' साथै संघले परल मुल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउन माग समेत गरेको छ । यसरी हवाई इन्धनको मुल्य घटाएको अवस्थामा हवाई यात्रामा लाग्दै आएको फ्युल सर्चार्ज स्वत घट्ने र यसको प्रत्यक्ष फाईदा यात्रु महानुभावहरुलाई हुने संघले बताएको छ । साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि वायुसेवा कम्पनीहरुलाई लगाउदै आएको ल्याण्डिङ, पार्किङ, नेभिगेसन, प्यासेन्जर सर्भिस चार्ज लगायत अन्य दस्तुरहरुमा छुट दिई यात्रुरुको हवाई यात्रा सहज र सुलभ बनाउनपर्ने माग गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार