वर्षाका कारण स्थगित भलिबल आइतबारबाट सुरु, सोमबार सेमिफाइनल हुने

सोमबार, असोज १४, २०८१

पोखरा । अविरल वर्षाका कारण २ दिन स्थगित भलिबल प्रतियोगिता आइतबारबाट पुनः सुरु भएको छ । पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता असोज ९ गते वुधबारदेखि सुरु भएको शुक्रबार र शनिबार वर्षाका कारण रोकिएको थियो । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले हरेक नेपालीले मन पराउने लोकप्रिय खेल भलिबल भएपनि गण्डकी प्रदेशमा यसको क्रेज अरु प्रदेश भन्दा बढी भएको उल्लेख गरेका थिए । उनले गण्डकी प्रदेशमा क्लब देखि लिएर अन्तराष्ट्रिय स्तरका खेलहरु हुँदै गरेको जानकारी गराउदै आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा लिएको जानकारी गराए ।

093A5798-1727658370.JPG
त्यसैगरी उपाध्यक्ष गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल खेलबाट स्तरीय राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रशिक्षण गराउँदै आइरहेको जानकारी पाउँदा खुसी भएको व्यक्त गरेका थिए । आइतबार भएको खेलबाट सेमीफाइनलमा प्रवेश गरेका महिला र पुरुष तर्फका २-२ को खेल सोमबार विहान देखि नै हुने प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले बताए । उनका अनुसार महिला तर्फ विहान ८ बजे नदिपुर एसपी पोखरा र शान्ता भलिबल खेल हुनेछ भने १० बजे टिम बागलुङ र धादिङ स्पोट्र्स क्लब धादिङको प्रतियोगिता हुनेछ त्यसैगरी पुरुष तर्फ १२ वजे आँधिखोला दिल्ली र गल्कोट स्पोर्टस् क्लब वागलुङको हुनेछ भने दिनको २ बजे एपिएफ मालेपाटन र नेपाल युथ स्पोर्टस् जापान फाइनलको लागि भिड्ने जानकारी गराए । मंगलबार फाइनल खेल हुने छ ।   प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । भने टाइगर क्लब अप पोखराका उपाध्यक्ष देवेन्द्र केसी, समाजसेवी देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । अशोक थापाले सञ्चालन गरेको तेस्रो चरणको उद्घाटन कार्यक्रम प्रशिक्षण केन्द्रका सन्चालक मनोज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार