बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

सोमबार, असोज १४, २०८१

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयले अद्यावधिक गरेकाे विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार