इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी

सोमबार, असोज १४, २०८१
मयुर प्लाई

काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई डिएल मेथड अनुसार ४९ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो । इङल्याण्डले दिएको ३१० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाउदै १६५ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन सकेन र खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो । जस अनुसार अस्ट्रेलिया ४९ रनले विजयी भयो र सिरिजमा कब्जा गरेको हो । पाँच खेलको यस सिरिजमा शुरुका २ खेल अस्ट्रेलियाले जितेको थियो भने त्यसपछिका दुई खेल इङल्याण्डले जितेको थियो ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार