सोसल मिडिया
Contact Us
युनिकोड
गएको शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको टेकरमा पहिरोमा परि ज्यान गुमाएका मकवानपुरका दुई र बाराका एकजना खेलाडीको शव सोमबार हेटौँडा ल्याइएको छ । सोमबार बिहान ल्याइएका शवहरुलाई जिल्ला खेलकुद विकास समितिको प्रांगणमा राखेर श्रद्धान्जली सभाको आयोजना गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा रहेको वत्सला मावि सिस्नेरीमा सञ्चालन गरेको एन्फा एकेडेमीकाे पहिरोमा परि मृत्यु भएका ६ मध्ये मकवानपुरका तीन जना खेलाडीको मृत्यु भएको थियो । सोमबार मकवानपुरका तीन मध्ये दुई जना खेलाडीहरु अनुपम घलान र साइमन योञ्जनको शव हेटौँडा ल्याइएको हो । यस्तै बाराका विकल रेग्मीको शव पनि हेटौँडा ल्याइएको थियो । उनीहरुको शव काठमाडौंमा पोस्टमार्टमपछि हेलिकप्टरबाट हेटौँडा ल्याइएको हो । मकवानपुरको सिस्नेरीका दिवस बानियाँको भने काठमाडौंमा आन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ । श्रद्धान्जली सभा कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीथराज चिलवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सीताराम रिजाल, जनप्रतिनिधि, विभिन्न खेलकुदा सम्बद्ध संस्थाका प्रमुख एवं प्रतिनिधि, विभिन्न खेलका प्रशिक्षक, खेलाडीलगायतको उपस्थिति