सोसल मिडिया
Contact Us
युनिकोड
वायुसेवा कम्पनीले हवाई यात्रुसँग सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलेका छन् ।तीन दिनसम्मको अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यकाबाहिर जाने एक मात्र विकल्प भएको मौका छोपेर वायुसेवा प्रदायकले टिकट बिक्रीमा दोब्बर मूल्य असुलेका छन् । उनीहरूको यस्तो ‘निर्मम व्यवहार’को चौतर्फी आलोचना भएपछि विज्ञप्ति जारी गरेर आगामी तीन दिनसम्म सरकारले तोकेको उच्चदरभन्दा कम शुल्क उठाउने निर्णय भएको जानकारी दिएका थिए, तर दुई दिनसम्मको टिकट उच्चदरमा बिक्री गरेर तीन दिनसम्मका लागि मध्यम भाडादर तोकेको भनी झुटो प्रचार गरेको खुल्न आएको छ । अहिले अनलाइनमार्फत सोमबार र मंगलबारका लागि उपत्यकाबाहिरका कुनै पनि गन्तव्यको टिकट पाउन सकिँदैन । आमनागरिक, नियमनकारी निकाय, संसदीय समितिदेखि प्रधानमन्त्रीसम्मले भाडा घटाउन दबाब दिएपछि वायुसेवा सञ्चालक संघ नेपालले सोमबार, मंगलबार र बुधबार तीन दिनसम्म अधिकतम दरका टिकट बिक्री नगर्ने निर्णय गरेको छ । संघका अध्यक्ष मनोज कार्कीले भने शुल्क घटाउने निर्णय गर्दा २५ प्रतिशत मात्र टिकट बुकिङ भएको जिकिर गरे । तर, पहिला बिक्री भइसकेका टिकटको ‘पैसा फिर्ता नहुने उनले स्पष्ट गरे । ‘सरकारले नै तोकिदिएको ‘अपर लिमिट’भित्र रहेर हामीले टिकट बिक्री गर्ने हो । प्राकृतिक विपत्तिको घडीलाई मध्यनजर गर्दै तीन दिनसम्म अधिकतम दरको टिकट बिक्री नगर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘निर्णयपछि सोमबारकै लागि ‘लो लिमिट’ भाडादरका धेरै सिट उपलब्ध थिए । धेरैले सस्तो दरमै टिकट काट्नुभएको छ । पहिल्यै टिकट काटिसकेका यात्रुको पैसा फिर्ता हुने सम्भावना रहँदैन ।’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले पनि वायुसेवा सञ्चालकहरूको बैठक डाकेर विपत्का वेलामा अधिकतम हवाईभाडा नलिन निर्देशन दिएका थि