सोसल मिडिया
Contact Us
युनिकोड
गत बिहीबारदेखि शनिवारसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण अवरुद्ध हेटौँडालाई संघीय राजधानीसँग जोडने २ वटा र मकवानपुर र सिन्धुली जोड्ने एउटा राजमार्ग सोमबार बिहानबाट पुनः संचालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार पहिरो खसेर अवरुद्ध भएका त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैंसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र त्रिभुवन राजपथअन्तर्गत नै हेटौँडा–भैंसे, सिमभन्याङ–पालुङ–नौबिसे तथा मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक पुनः सञ्चालनमा आएका हुन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले वर्षासँगै खसेको पहिरो पन्छाएपछि उक्त सडक खण्डहरु सञ्चालनमा आएको जानकारी दिए। प्रहरी निरीक्षक सापकोटाका अनुसार हेटौँडालाई काठमाडौंसँग जोड्ने अन्य ४ वटा सडक खण्डहरु अझै पनि अवरुद्ध छन्। हेटौँडा–भैंसे–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामाथीको पुल भत्किएकाले उक्त सडक अवरुद्ध छ। यस्तै कुलेखानी–सिस्नेरी–छैमले सडक खण्डअन्तर्गत इन्द्रसरोवर– ३ रामचन्द्र भञ्ज्याङ र सिस्नेरी बजारमा बाढी र पहिरोले सडकमा क्षति पु¥याउँदा सडक पूर्णरुपमा अवरुद्ध छ। यता कुलेखानी–मार्खु सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा सडकमाथीबाट खसेको पहिरोल अवरुद्ध बाटो अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन। दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्का सिमखोलामा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ सडक पूर्णरूपमा अवरुद्ध छ। भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा खसेको पहिरोले हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध बनाएको छ। यसैगरी कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलामाथीको बगुवा पुलको मकवानपुरतर्फ बाढीले क्षति पु¥याउँदा उक्त खण्ड पनि पूर्णरुपमा अवरुद्ध छ। कान्ति लोकपथअन्तर्गत नै बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा खसेको पहिरो पन्छाउन नसक्दा कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध रहेको छ। पानी पर्न रोकिएसँगै सडक विभाग, नेपाल प्रहरी र स्थानीय पालिकाहरूसँगको सहकार्यमा अवरुद्ध सडकबाट पहिरो पन्छाउने काम चलिरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।