लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : सचिवको जिम्मेवारी तोकियो

सोमबार, असोज १४, २०८१

देउखुरी। लुम्बिनी प्रदेश सरकारले तीन जना सचिवको जिम्मेवारी तोकेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र इश्वराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको हो । बैठकले नवलपरासी वर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको छ । यसअघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालयहरू थिए । यस्तै बैठकले प्रदेश राजपत्र तथा कानुनहरूको सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्को सम्भावित घटनाबाट हुन सक्ने क्षतीलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । विपद्अघि, विपद्का बेलामा र विपद्पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनीकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकालले बताए ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार