जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, असोज १४, २०८१

झापा ।  २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-१ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुमनले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार