सोसल मिडिया
Contact Us
युनिकोड
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दुवै जनालाई जतिसक्दो चाँडो जिम्मेवारी सम्हाल्ने गरी सम्बन्धित जिल्लामा जान निर्देशन दिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई भने मन्त्रालय तानिएको छ । दुवै प्रजिअमाथि विपद् व्यवस्थापनमा तत्परता नदेखाएको गुनासो छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि काठमाडौंतर्फबाट जाने गाडीलाई रोक लगाइए पनि धादिङ हुँदै काठमाडौं आउने गाडीहरू सञ्चालनमा रोक लगाइएको थिएन । अविरल वर्षा र बाढीपहिरोका बीच सवारी साधन चल्न दिँदा पृथ्वी राजमार्गअन्तर्गको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो । त्यस्तै काभ्रेमा पनि बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ । गत बिहीबारदेखि शनिबारसम्मको निरन्तर वर्षापछिको बाढीपहिरोबाट काभ्रेका रोशी, तेमाल, पनौती, बेथानचोकलगायत पालिका बढी प्रभावित भएका छन् । जिल्लाका पालिकाबाट प्राप्त तथ्यांकअनुसार आइतबार साँझसम्म काभ्रेमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । विपद् व्यवस्थापनमा स्थानीय प्रशासनले तत्परता नदेखाएको सरोकारवालाको गुनासो रहेको छ ।