सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत दिन र बेपत्ताहरुको खोजीलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो एवं डुबानका घटनामा परी हालसम्म १९२ जना मृत्यु, ३० जना बेपत्ता र १९४ जना घाइते भएका छन् । मानव अधिकार आयोगले विपदपछिको अवस्थाबारे आयोगले अनुगमन गरेको भन्दै विपदपीडितको अवस्था नाजुक रहेको बताएको छ । सुरक्षा निकायबाट उद्धारको लागि तदारुकताका साथ काम गरेको तर सामग्री पर्याप्त नहुँदा उद्धार कार्य प्रभावकारी हुन नसकेको आयोगले जनाएको छ । त्यस्तै सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरे पनि सम्पूर्ण उपचार निःशुल्क हुन नसकेको अनुगमनबाट देखिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । आयोगले घाइतेहरुको सबै प्रकारका स्वास्थ्योपचारको निःशुल्क व्यवस्था मिलाउन तथा बसोबासको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ । त्यस्तै प्रकृतिक विपद्पछि खाद्यान्नलगायत उपभोग्य सामग्रीमा हुनसक्ने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र संक्रामक रोगहरु फैलिन सक्ने अवस्थाप्रति सचेत रहन आयोगले सबैलाई सचेत गराएको छ ।