कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

सोमबार, असोज १४, २०८१

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका-६ संगम टोल बस्ने धने गरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४९ वर्षीय मोहन बहादुर सिंह समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार १ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार