दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

मंगलबार, असोज १५, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा  जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको हो । प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ । मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको छ । प्रसाईलाई यहि असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार