भाटभटेनीका सञ्चालक मीनबहादुरले दिए बाढी पहिरो पीडितलाई एक करोड सहयोग

मंगलबार, असोज १५, २०८१

काठमाडौँ । प्रतिष्ठित व्यापारी घराना भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले बाढी पहिरो र डुबान पीडितको सहयोगार्थ एक करोड ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक प्रदान गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ व्यावसायी मीनबहादुर गुरूङ दम्पत्तीसँग भेट गरेको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो । उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ । मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ११’
kp-1727736494.JPG
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार