हवाई भाडामा सहुलियत दिन प्रधानमन्त्रीको अपिल

मंगलबार, असोज १५, २०८१

काठमाडौँ । हवाई भाडा महँगो बनाउने वायु सेवा सञ्चालकहरूको निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका छन् । लगातारको वर्षा र बाढी पहिरोलेका कारण स्थल मार्गहरू अवरुद्ध भएकै बेला हवाई सञ्चालकहरूले हवाई भाडा बृद्धि गरेका छन् ।  ‘संकटमा नाफाको व्यापार गर्ने’ आम प्रवृतिलाई निरुत्साहन गर्न सामाजिक सञ्जालमा एक पोष्ट गर्दै प्रधानमन्त्री ओलीले वायु सेवा सञ्चालहरूलाई भाडामा सहुलियत दिन आह्वान गरेका छन् ।  प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरु बेला भन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ । नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ।  हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नु पर्छ ।’

Hawai-Bhada-1727737484.JPG

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार