नेपाल–अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारी 

मंगलबार, असोज १५, २०८१

काठमाडौं । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ । सो सहमतिसम्बन्धी समझदारीपत्रमा दुई देशबीच सोमबार हस्ताक्षर भएको हो ।  समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्तराज्य अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी  उपविदेशमन्त्री जोन बासले वासिङटन डिसीमा हस्ताक्षर गरेका हुन् ।  उक्त सम्झौतापश्चात परराष्ट्रमन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री बासबीच नेपाल अमेरिका द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।  परराष्ट्रमन्त्री डा. राणाले यो सम्झौता नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक मत्वपूर्ण उपलब्धि भएको बताउँदै आगामी दिनमा द्विपक्षीय हितलाई थप प्रवर्धन गर्न यस सम्झौतामार्फत् सहयोग पुग्ने धारणा राखिन् ।  साथै यस सम्झौताले दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा आपसी सहयोग र समन्वयका साथ अघि बढ्न थप मार्ग प्रसस्त गर्ने पनि मन्त्री डा राणाले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार