सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । इजरायलले लेबनानमा जमिनी आक्रमण शुरु गरेको बताएको छ । इजरायलको सेनाले दक्षिणी लेबनानबाट जमिनी आक्रमण शुरु गरेको जानकारी दिएको हो । इजरायलले अहिलेसम्म लेबनानमा हवाई आक्रमण मात्र गरेको थियो । यस अघि हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको थियो । इजरायलले आफ्ना एक लाख भन्दा बढी विस्थापित नागरिकलाई लेबनानको सीमा क्षेत्रमा फर्काउन जमिनी कारवाही आवश्यक रहेको बताउदै आएको छ । इजरायलले जमिनी आक्रमण शुरु गरेपछि यो लडाई लामो समयसम्म चल्ने विश्लेषण गरिएको छ । इजरायलले पनि यसको समय सीमा तोकेको छैन । इजरायलको आक्रमणमा अहिलेसम्म हिजबुल्लाहका शिर्ष नेता हसन नसरल्लाहसहित लगभग सबै शिर्ष कमान्डर मारिएका छन् ।