जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मंगलबार, असोज १५, २०८१

धनकुटा । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदभूमी गाउँपालिका-४ बस्ने ३६ वर्षीय बिर्ख बहादुर भन्ने बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार