मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

मंगलबार, असोज १५, २०८१

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलाली गौरीगंगा नगरपालिका–१, गप्कामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कैलालीको जानकी गाउँपालिका– ८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पूर्वतर्फ गइरहेको से.६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा.९५प ९२५२ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए । प्रहरीका अनुसार चौधरी से.६प६२७९ नम्बरको मोटरसाइकल र मल्ल दुर्घटना भएको अर्को मोटरसाइकलका चालक हुन्। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। धनगढीस्थित नवजीवन अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा बा.९५प ९२५२ नम्बरको मोटरसाइकलकाे पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका– ७ का २२ वर्षीय दीपक बोहरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे आठ बजेतिर दुर्घटना भएको हो।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार