बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि सरकारले पहिलो किस्ता तत्काल उपलब्ध गराउने

मंगलबार, असोज १५, २०८१

सरकारले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता तत्काल उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरेको छ । सोही निर्णय अनुसार लाभग्राहीलाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । ‘स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन भनिएको छ,’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले भने । प्रभावितले जिल्ला विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम पाउनेछन् । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड अनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ । अहिले अस्थायी आवासका लागि रकम पाएकाले पछि स्थायी आवासका लागि समेत सहयोग पाउने र यसबारे पछि निर्णय गरिने बताए । यही असोज १२ गतेको बाढीपहिरोले काठमाडौं उपत्यकासहित बागमती, कोशी र मधेशमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार