सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । दसैंको मुखैमा कतै बाढीले सडक बगाएको छ त कतै जिल्ला जोड्ने पक्की पुल बगाएर आउजाउ बन्द छ । सबैभन्दा बढी क्षति भने बीपी राजमार्गको नेपालथोक खण्डमा भएको छ । जहाँ विभिन्न खण्ड गरेर एक किलोमिटर भन्दा बढी सडक बगेको छ । जसले गर्दा यो खण्डमा यातायात ठप्प छ । बीपी राजमार्गको धेरै ठाउँमा समस्या छ । सडक विभागबाट प्राविधिक सहितको टोली भकुण्डेबेंसी जाँदै समस्या भएको ठाउँमा पुगिसकेको छ । कहाँ सम्म समस्या छ । टोलीले सबै हेर्ने छ । भकुण्डेबेसीदेखि नेपालथोकको विभिन्न खण्डमा धेरै समस्या छ । जहाँ सडक बगाएको छ, त्यहाँ रोशी खोलाको पानी घट्नासाथ अस्थायी रूपमा खोलाबाटै ग्राभेल राखेर सडक बनाइने छ । विभिन्न ठाउँमा रहेका मेसिनहरूलाई लगेर सडक खोल्ने काम भइरहेको छ । यस क्षेत्रको धेरै ठाउँमा पानी नपरे एक हप्ताभित्र अस्थायी रूपमा सडक सञ्चालनमा आउने छ । दसैंअघि नै सडक खोल्नेगरी नै काम हुँदै छ । खुर्कोटको पुल मर्मत गरेर सवारी सञ्चालनमा ल्याउने काम पनि भइरहेको छ ।