सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् । डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन् । ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुगेका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् । पीडितहरुले अझै उद्वारको काम नसकिएको, धेरै मानिसहरु घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन सहज बनाइदिन आग्रह गरे ।
पीडितहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाकी सरकारलाई आग्रह गरेर पीडितहरुलाई पुरानै अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । सरकारले उद्वार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले सरकारको बिरोध गर्नुभन्दा सबै मिलेर उद्वार, राहत र पुनर्स्थापना गर्नुपर्ने उनले बताए । जनजीवन सहज बनाएर सबै पीडितलाई दशैं मनाउनसक्ने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले आफूहरु पूर्णरुपमा सहयोग गर्न तयार रहेको स्पष्ट पारे । यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।