स्नेहाज केयरमा बाढी पसेर खाद्यपदार्थ नष्ट, सामुदायिक कुकुरसहित अन्यजनावारको विचल्ली

बुधबार, असोज १६, २०८१

ललितपुर । दुई दिनको अविरल वर्षाका कारण आएको बाढी पसेर सामुदायिक कुुकुर र अन्य जनावारलाई आश्रय दिँदै आएको स्नेहाज केयरमा जनावरका लागि राखिएको खानेकुरा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ ।  स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले जनावरको आश्रयस्थलमा राखिएको खानेकुरा प्रयोग गर्न नमिल्ले भएको बताइन् ।

kukur-1727821664.jpg
उनले भनिन्, ‘बाढी पसेर धेरै क्षति भयो, सहयोगका लागि सबैलाई आग्रह गर्दछु, गरेकी छु ।’ श्रेष्ठका अनुसार कुकुर र अन्य जनावर बस्ने ठाउँमा पनि क्षति पुगेको छ ।  उनले गोफण्ड मार्फत सहयोग गर्न इच्छुकलाई समेत आग्रह गरेकी छिन् । स्नेहाज केयरले समुदायमा अलपत्र परेका कुकुर, वेवारिस अवस्थामा रहेका सडक पेटीमा रहेका रहेका गाई र अन्य जनावरलाई पनि आश्रय दिदैं आएकी छन् । स्नेहाज केयर ललितपुर महानगरपालिकाको वडा नंं.२१ मा रहेको छ । 

स्नेहाको घरभित्र पनि बाढी पसेपछि कुकुरका विचल्ली 

kukur-1-1727821660.jpg
स्नेहा श्रेष्ठले घरमा कुकुर पालेकी थिइन् । त्यो कुकुर मरेपछि स्नेहाभित्र जनावरप्रतिको प्रेम यति धेरै उजागर भयो कि, उनले संस्था खोलेर नै ती अवोध प्राणीलाई आश्रय दिन थालिन् । १० वर्ष अघिबाट सुरु भएको उनको यो अभियानलाई दुई दिनसम्म परेको अविरल वर्षापछिको बाढीले नराम्रोसँग चपेटामा पारिदियो । नख्खुस्थित उनले आफ्नै घरमा स्नेहाज केयरमा राखिएका १० वटा सामुदायिक कुकुरलाई  घरपालुवा कुकुरको रुपमा पालनपोषण गर्दै आएकी थिइन् । ती कुकुरको पालन पोषणमा उनले कुनै कमी हुन दिएकी थिइनन् ।

janawar-1727821658.jpg
तर, दुई दिनको वर्षापछि आएको बाढी घरभित्र पसेपछि ती कुकुरको पनि बिचल्ली भएको छ । उनले भनिन्, ‘यो विपद्ले निकै अप्ठ्यारो पा¥यो, उता सेल्टरमा पनि खानेकुरा बिगा¥यो बाढीले, यता घरमा पनि बाढी प¥यो ।’ घरमा भएका कुकुरलाई व्यवस्थापन गर्न गाह्रा भएको उनले बताइन् । पशु कल्याण संघकी अध्यक्ष एवम स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले जनावरलाई पनि मान्छेलाई जतिकै महत्व दिनुपर्ने बताइन् ।  वडापिच्छे नै हराएका जनावर र मरेका जनावरको तथ्यांक संकलन गर्नुपर्ने उनको धारणा छ । उनले भनिन् ‘मानव अधिकारलाई जति महत्व दिइन्छ, त्यति नै महत्व जनावर अधिकारको लागि पनि दिनुपर्छ ।’

janawar-1-1727821659.jpg
गाे-पफ०ड-1727822152.JPG
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार