इरानलाई नेतन्याहुको चेतावनी- ठुलो मुल्य चुकाउनुपर्ने छ

बुधबार, असोज १६, २०८१

काठमाडौँ । इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले भने, ‘इरानले आज राति ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।' इजरायली मन्त्रिपरिषद् बैठकको उद्घाटन गर्दै नेतान्याहुले इरानले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन कटिबद्ध रहेको इरानले नबुझेको बताए । यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आक्रमणको बचाउ गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुलाई चेतावनी दिएका थिए । पेजेस्कियानले एक्समा लेखेका छन्- 'इरान र क्षेत्रको शान्ति र सुरक्षालाई 'वैध अधिकार' सहित 'निर्णायक' प्रतिक्रिया दिएको छ, जुन इरानका हित र नागरिकहरूको सुरक्षाको लागि हो ।'

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार