कस्तो छ अभिनेता रजनीकान्तको स्वास्थ्य ?

बुधबार, असोज १६, २०८१

काठमाडौँ । बलिवुड अभिनेता रजनीकान्तको मुटुको उपचार गरिएको छ । मिडिया रिपोर्टका अनुसार रजनीकान्तको स्वास्थ्य बारे अस्पतालले एक बुलेटिन जारी गर्दै जानकारी दिएको छ । रजनीकान्तलाई ३० सेप्टेम्बर २०२४ मा ग्रिम्स रोडस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुबाट निस्कने मुख्य रक्तनलीमा सुन्निएको थियो, जसको शल्यक्रिया नगरी ट्रान्सक्याथेटर विधिबाट उपचार गरिएको अस्पतालले जानकारी दिएको छ । सिनियर इन्टरभेन्शनल कार्डियोलोजिस्ट डा. साई सतीशले स्टेन्ट राखेर सुन्निने कामलाई पूर्ण रूपमा बन्द गरिदिएको बताएका छन् । बुलेटिनमा थप भनिएको छ, 'हामी उहाँका शुभचिन्तक र प्रशंसकहरूलाई यो प्रक्रिया योजना अनुसार अघि बढेको जानकारी गराउन चाहन्छौं । रजनीकान्त स्थिर र निको भइरहेका छन् । उनी पनि दुई दिनमा घर फर्कनेछन् ।' उनलाई सोमबार राति अस्पतालमा भर्ना गरिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार