सहकारीको रकम दुरुपयोग गर्ने मिडियालाई कस्तो हुन्छ कारबाही?

बुधबार, असोज १६, २०८१

काठमाडौँ । सहकारी बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको विशेष समितिको प्रतिवेदनले सातवटा मिडिया कम्पनीमा सहकारीको बचत रकम पुगेको तथ्य सार्वजनिक गर्‍यो । यसरी सहकारीको रकम पुगेका मिडियाहरूमा राष्ट्रिय मिडियाको रूपमा सञ्चालित टेलिभिजनदेखि बन्द अवस्थामा रहेको अनलाइन सञ्चारमाध्यमसम्म छन् । यद्यपि प्रतिवेदनले सहकारीको रकम दुरुपयोगको आरोपमा गोर्खा मिडिया नेटवर्क र त्यसका सञ्चालकलाई मात्रै कारबाहीको सिफारिस गर्‍यो । बचत दुरुपयोग भएको निष्कर्षमा पुगेर एउटा कम्पनीमाथि कारबाही सिफारिस गर्दा अरू कम्पनीको बारेमा किन समिति मौन बस्यो भन्ने प्रश्न समेत यतिबेला उब्जिएको छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले यो विषयलाई जोडतोडका साथ उठाइरहेका छन् । यो सन्दर्भमा संसदीय छानबिन समितिका सभापति सूर्य थापा भने गोर्खा मिडिया नेटवर्क र तोकिएका सहकारीको विषयमा मात्रै आफूहरूले कारबाही सिफारिस गर्ने कार्यादेश पाएको भन्दै सोही अनुसार कारबाही सिफारिस भएको बताउँछन् । कारबाही सिफारिस भएकालाई पनि प्रचलित कानुन बमोजिम नै कारबाही हुने र अरूलाई पनि सोही बमोजिम हुने भएकोले बचत दुरुपयोगमा संलग्नहरू कोही पनि उम्किन नसक्ने उनको भनाइ छ । तर, के सहकारी बचत दुरुपयोग सम्बन्धमा सबैको कसुर एकै खालको छ कि फरक फरक छ ? उनीहरूमाथिको कारबाही के होला भन्ने प्रश्न भने अहिले अहम् छ ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार