ललितपुर महानगरको स्वास्थ्य टिम औषघि वितरण गर्न वडा वडामा (भिडियाे)

बुधबार, असोज १६, २०८१

ललितपुर। ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्यापिड रेस्पोन्स टिम वडामा परिचालन भएको बताए । उनले भने, ‘ विपदपछि देखिन सक्ने स्वास्थ्य समस्या बुझ्न औषधिसहितको विज्ञसहित टिम वडामा परिचालन गरेका छौं । ’ सूचना अधिकारी गुरागाईंका अनुसार र्यापिड रेस्पोन्स टिम अहिले वडा नं.१३, १४, १८, २५मा खटिएको छ । उनले भने,‘ अन्य वडामा पनि टिमका साथीहरु जानुहुन्छ । ’ कुनै पनि किसिमको अप्ठ्यारो, समस्या वा  जिज्ञासा भए महानगरको हटलाइन नम्बर ११३१ सम्पर्क गर्न समेत उनले नगरबासीलाई अनुरोध गरे । महानगरपालिकाले जनस्वास्थ्य शाखाका मेडिकल इमरजेन्सी टिम लिडर डा. छविन्द्र गैरेले पानी शुद्ध बनाउने औषधि लगायत ज्वरो, रुघाखोकी, सामान्य चोटपटकका औषधि वितरण गरेको जानकारी दिए । डां गैरेले भने, ‘ बाढी आएपछि पानीका मुहानहरु प्रदुषित हुन सक्छन्, त्यसैले पानीको सुद्धिकरण अत्यावश्यक छ । ’ शुद्ध पानी पिउन अनुरोध गर्दै पानी सुद्ध बनाउने औषधि पनि दिएका छन् । ’ महानगरले मरेका जनावर कुहिदाँ गन्ध  आउन सक्ने तर्फ ध्यान दिदैं गन्ध आउन नदिन स्प्रे समेत विभिन्न ठाउँमा गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार