वाग्मती प्रदेशसभाको चालु अधिवेशनको अन्त्य

बिहीबार, असोज १७, २०८१

हेटौडा । वाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको दोस्रो कार्यकालको चौथो तथा १४औं अधिवेशन अन्त्य गरिएको हो ।  वाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद दोवकोटाले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्‌को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । गत ३१ वैशाख २०८१ बाट सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनमा ३७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार