महिला भलिबलमा काठमाडौँ र कर्णाली विजयी

बिहीबार, असोज १७, २०८१

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौँले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५-२१ र चौथो सेट २५-१६ ले जितेको थियो । योसँगै काठमाडौँले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौँको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

कर्णालीले ललितपुरलाई हरायो

जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले लगातार तेस्रो जित हासिल गरेको छ । कर्णालीले बुधबार सम्पन्न खेलमा ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट पनि २५-२२ र तेस्रो सेट २९-२७ ले जितेको थियो । त्यस्तै ललितपुरले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको छ ।  karnali-1727910777.jpg

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार