बाढीपहिरो पीडितका लागि तत्काल राहत र दीर्घकालीन पुनर्बासको काम भइरहेको छ : प्रधानमन्त्री 

बिहीबार, असोज १७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढीपहिरो पीडितहरूलाई तत्कालका लागि राहत र दीर्घकालीन पुनर्बासको काम गरिरहेको जानकारी दिएका छन् ।  नेपालीहरूको महान् पर्व पर्व बडादशैंको घटस्थापनाको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यसपाली अविरल वर्षाका कारण दशैं खल्लो हुन पुगेको उल्लेख गरे ।  ‘आज घटस्थापना, आजबाट हाम्रो महान् पर्व बडादशैंको नवरात्र सुरु भएको छ । आज जमरा राखिन्छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘यसपाली अविरल वर्षाका कारण हाम्रो दशैं खल्लो हुन पुग्यो । बाढी पहिरोले दुईसय भन्दा बढीको ज्यान गयो, कयौँ घाइते हुनु भएको छ, घरबार विहीन हुनुभएको छ । उहाँहरूको तत्कालका लागि राहत र दीर्घकालका लागि पुनर्बासको काम गरिरहेका छौँ । घटस्थापनाको सबैलाई शुभकामना !!’

kp-1727925789.JPG

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार