हनुमानढोका दशैंघरमा विधिवत रूपमा राखियो जमरा (भिडियाे)

बिहीबार, असोज १७, २०८१

काठमाडौं । हनुमानढोकास्थित दशैंघरमा दशैंको जमरा राखि घटस्थापना गरिएको छ । बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो । हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार