स्नातक दोस्रो वर्ष पास भएपछि रचना रिमाल : ‘संगीतसँगै पढाइलाई पनि अघि लैजान खोज्दैछु’

बिहीबार, असोज १७, २०८१

काठमाडौं । गायिका रचना रिमाल अहिलेकी सर्वाधिक व्यस्तमध्येकी गायिका हुन् । एक महिना लामो अमेरिकाको सांगीतिक भ्रमण सकेर उनी केही दिनअघि काठमाडौं फर्किएकी छिन् । संगीत कर्मसँगै उनले अध्ययनलाई पनि अगाडि बढाइरहेकी छन् । व्यवसाय र कर्मलाई सन्तुलन मिलाएर अघि बढाउनुपर्छ भन्ने उदाहरण उनी बनेकी छन् । धेरैका लागि उनको यो साधना प्रेरणादायी हुनसक्छ । किनभने स्वअध्ययन गरेरै उनी स्नातक दोस्रो वर्ष उत्तीर्ण भएकी छन् । बुधबार बीए दोस्रो वर्षको नतिजा सार्वजनिक भएको थियो । नियमित कलेज जान नभ्याउँदा पनि आफूले स्वअध्ययनलाई समय दिने गरेको उनको भनाइ छ । आफू स्नातक दोस्रो वर्ष उत्तीर्ण भएपछि यसबारे जानकारी दिंदै रचना सामाजिक सञ्जालमा लेख्छिन्, ‘सांगीतिक कर्मसँगै पढाइलाई पनि सँगै लिएर जानुपर्छ भनेर अगाडि बढिरहेकी छु । नियमित कलेज जान नभ्याउँदा पनि स्वअध्ययनमा समय दिने गरेकी छु । फलस्वरुप हिजो प्रकाशित बीए दोस्रो वर्षको नतिजामा उत्तीर्ण भएकी छु । सबैको माया र आशीर्वाद पाइरहन सकुँ ।’ उनी अहिले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा संगीत विषय अध्ययन गरिरहेकी छिन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार