गोदावरी नगरपालिकामा बाढी प्रभावितलाई राहत वितरण (भिडियाे)

नगर प्रमुख भन्छन् —" गाँसबासको प्रबन्ध गर्नु सरकारको मुख्य दायित्व हो "
बिहीबार, असोज १७, २०८१

ललितपुर । गोदावरी नगरपालिकाले बढी पहिरो प्रभावितलाई राहत स्वरुप खाद्य सामग्री र भाडावर्तन वितरण कार्यलाई तीब्र पारेको छ । नगरपालिकाले उद्धारकार्य सकेपछि राहत वितरणलाई प्राथमिकतामा राखेको हो । गोदावरी नगरपालिकाले वडा नं ६ बाट राहत वितरणको काम सुरु गरेको हो । राहत वितरणको काम अहिले वडा नं.४ , ५, १०,९मा सकिएको छ । नगरपालिकाले राहत लिन छुटेकालाई वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । नगर प्रमुख गजेन्द्र  महर्जनले प्रभावितको संख्याको आधारमा वडैपिच्छे क्रमश राहत दिने बताउनुभयो । नगरपालिकाले खाद्य सामग्री दाल, चामल, नुन, तेल देखि सुख्खा तरकारी पनि वितरण गरेको छ । घर भत्किएर भाँडावर्तन पनि पुरिएकाले डाडु,पन्यू, प्रेसर कुकुर, थाल,कचौरा लगाएका सामग्री पनि प्रभावितलाई उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख महर्जनले नागरिकको गाँसबासको प्रबन्ध मिलाउनु सरकार मुख्य जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कार्यपालिकाको आकस्मिक बैठक राखेर निर्णय गरी राहत वितरण गर्न सुरु गरेका हाँै । ’ यसैगरी नगरपालिकाले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय पनि कार्यपालिकाको आकस्मिक बैठकले गरी सकेको छ । मृतकका परिवारलाई दुई लाख सहयोग गर्ने निर्णय भए अनुसार चेक हस्तान्तरण भइरहेको नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नहुनुपर्ने घटना भयो, परिवारलाई राहत होस् भनेर यस्तो निर्णय गर्यौँ । ’

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार