सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गत शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् । माओवादी केन्द्रको विपद व्यवस्थापन आपतकालीन कार्यसञ्चालन डेस्कका अनुसार विपद्बाट हालसम्म कोशी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, वाग्मतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको छ । प्राकृतिक विपद्मा परेर २५ जना बेपत्ता भएका छन । यस्तै ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको छ । यस्तै ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको छ । हिजो बिहीबार कोशी, बागमती प्रदेशमा वर्षा भयो । बिहीबार बिहान सबेरै भएको वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगर विमानस्थल जलमग्न हुँदा उडान प्रभावित भएको थियो । बागमती प्रदेशको काठमाडौं ललितपुर, भक्तपुर र काभ्रे जिल्लामा भएको वर्षाले जनजीवन प्रभावित भएको छ ।
यस्तो छ काठमाडौंमा उद्धार, राहत र पुनस्थापनाको अवस्था
ललितपुर