एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत मूल्य कम !

शुक्रबार, असोज १८, २०८१

 

काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल कम्पनि ट्वीटर (हाल एक्स) किनेपछि कम्पनिको मूल्य ८० प्रतिशतले घटेको पाइएको छ । मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मुल्य ४.२ बिलियन रहेको अमेरिकी लगानीसम्बन्धि विश्लेषण गर्ने कम्पनि फिडेलिटीलाई उदृत गर्दै सिएनएनले उल्लेख गरको छ ।  मस्कले ट्वीटर किन्ने समयमा नै उनले कम्पनिका लागि बढी रकम तिरेको बताइएको थियो । मिडिया रिपोर्टका अनुसार २०२२ मा ट्वीटरको मुल्य ३० बिलियन डलर भन्दा बढी नभएपनि मस्कले १४ बिलियन डलर तिरेको विश्लेषण गरिएको थियो । मस्कले किनेपछि धेरै जसो विज्ञापनदाता एक्सप्रति आकर्षित हुन नसकेको विभिन्न रिपोर्टहरुमा यस अघि पनि उल्लेख गरिएको छ । हालै कान्तरले गरेको ग्लोबल सर्भेमा २६ प्रतिशत विज्ञापनदाताले अर्को बर्ष एकसमा गर्ने खर्चमा कटौती गर्ने योजना बनाएको देखिएको छ । यस सर्वेमा ३९ प्रतिशत विज्ञापनदाता गुगलमा राखेको विज्ञापनबाट सन्तुष्ट देखिएका छन् भने एक्समा यो संख्या केवल ४ प्रतिशत मात्र रहेको छ । गत नोभेम्बरमा मस्क आफैले नाम चलेका ब्रान्डले एक्समा विज्ञापन नदिएको आरोप लगाएका थिए । यस बर्षको दोस्रो क्वाटरमा एक्समा प्रति महिना ५७० सक्रिय प्रयोगकर्ता रहेको र यो अघिल्लो सोहि समयको ६ प्रतिशतले बढी भएको दाबि एक्सले गरेको छ तर बिभिन्न रिपोर्टले अहिले एक्सका प्रयोगकर्ता मस्कले कम्पनि किनेपछि २० प्रतिशत भन्दा बढीले घटेको बताएका छन् ।
          

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार