जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

शुक्रबार, असोज १८, २०८१

काठमाडौं । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव र ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई वितरण गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भाषाविद् प्रा.डा. यादवलाई जगदम्बा–श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनालीलाई मदन पुरस्कार वितरण गरिएको हो ।  उनीहरुलाई पुरस्कारको राशि समान चार लाख रुपैयाँसहित सम्मानपत्र रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।   प्रा.डा. यादवले भाषाविज्ञान क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जगदम्बा–श्री सम्मान अर्पण गरिएको हो । उनले थुप्रै भाषाको संरक्षण र प्रयोगमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । त्यस्तै, लेखक मैनालीले मुकाम रणमैदानमा नेपाल र अंग्रेज युद्धबारे उल्लेख गरेका छन् । उनले २०० वर्षअघिको कालखण्डका ऐतिहासिक तथ्य, जानकारी र चिठीपत्रका आधारमा पुस्तक तयार गरेका हुन् । यसअघि २०७९ सालको जगदम्बा–श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई प्रदान गरिएको थियो । मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो ।

Photo-(19)-1727997215.jpg

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार