बाढी र पहिरो प्रभावित नाै जिल्लामा युएईको सहयोग

शुक्रबार, असोज १८, २०८१

संयुक्त अरब इमिरेट्स (युएई)स्थित रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले नेपालमा नौ जिल्लामा बाढी पहिरो प्रभावित परिवारलाई मानवीय सहायता वितरण गरेको छ । काठमाडौंस्थित युएईको राजदूतावाससँगको समन्वय तथा नेपाल सरकारका सम्बद्ध निकायसँग सहकार्यमा सहायता वितरण गरेको छ । युएईको राजदूतावासका अनुसार कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, मोरङ, सुनसरी, सप्तरी र महोत्तरी जिल्लाका विभिन्न गाउँमा राहत वितरण गरिएको छ । २० हजार थोक खाद्यान्न, सात हजार तीन सय मेडिकल किट्स र चार हजार २३६ वटा त्रिपाल वितरण भएको दूतावासले जनाएको छ । ‘भौगोलिक अवस्थिति, हिमाली भूभाग, जलवायु परिवर्तन र मौसमको उतारचढावका कारण नेपालले समयसमयमा भोग्नुपरेका विपत् तथा विपत्तिमा युएई सरकार र रेड क्रिसेन्ट नेपालको साथ रहनेछ । हामी नेपाल सरकारमार्फत सहयोग निरन्तर जारी राख्नेछौँ,’ दूतावासले भनेको छ । यो पहिलो चरणको सहायता रहेको र दोस्राे चरणको मानवीय सहायता पनि आउने सम्भावना रहेको बुझिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार