एसिया रग्बी : पहिलो खेलमा नेपालको महिला टिम पराजित

शुक्रबार, असोज १८, २०८१

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो । यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको हो । यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५,कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको हो । चाइनीज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो । प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ । आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार