सोसल मिडिया
Contact Us
युनिकोड
सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीबाट मारिएका एक मृतक परिवारलाई नगद राहत दिएको छ। सामुदायिक वन समन्वय समिति (सिएफसिसी)ले हात्तीबाट मारिएका एक मृतक परिवारलाई नगद राहत दिएको हो। गत साता हात्तीको आक्रमणबाट मारिएका लालझाडी गाउँपालिका– ४ डाँगाजाईका ५० वर्षीया रामदत्त रानाको परिवारलाई नगद सहयोग दिइएको छ । १२ असोज मध्यरातमा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको थियो। शुक्रबार सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले हात्तीपीडित राना परिवारलाई नगद २५ हजार सहयोग गरेका छन्। सिएफसिसीका अध्यक्ष जोशीले पीडित रानाको घरमै पुगेर मृतक परिवारलाई नगद आर्थिक सहयोग गरेका हुन् । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले हात्तीबाट मारिएका राना परिवारलाई सिएफसिसीले खडा गरेको ‘मानव–वन्यजन्तु’राहत कोषबाट उक्त रकम दिएको बताए । मुलुकमा तीन सरकार भए पनि सामुदायिक वन समन्वय समितिले आफ्नो परिवारको ब्रजपातमा राहत दिएको भन्दै आभार प्रकट गरेका छन् । सामुदायिक वन समन्वय समितिले मानव वन्यजन्तुबिच हुने द्वन्द्व न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।