लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ

शुक्रबार, असोज १८, २०८१

बारा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका– ७ स्थित वैदेही पेट्रोपपम्पअगाडिबाट ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– २१ का १८ वर्षीय साविर अन्सारी र सोही वडाका ५८ वर्षीय वीरेन्द्रप्रसाद साह रहेका छन् । विशेष सूचनाका आधारमा बुधबार वीरगन्जबाट जितपुरतर्फ जाँदै गरेको ना.२२प ९९९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । चाडपर्वलक्षित गर्दै प्रहरीले चलाएको जाँच अभियानका क्रममा इलाका प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साकाे संयुक्त प्रहरी टोलीले लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार