ताप्लेजुङमा छोराले गरे बुबाको हत्या

शुक्रबार, असोज १८, २०८१

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी छोराले बाबुको हत्या गरेका छन् ।मेरिङदेन गाउँपालिका– १ ओख्राबुनिवासी ५६ वर्षका श्यामबहादुर ओख्राबु (लिम्बू) लाई धारिलो हतियार प्रहार गरी आफ्नै छोराले हत्या गरेको प्रहरीले जनाएको छ। ३० वर्षका छोरा सुमन ओख्राबुले बुबालाई घरमा रहेको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले बताए । प्रहरीले अभियुक्त सुमनलाई बुबाको हत्या गर्न प्रयोग गरेको हतियारसहित पक्राउ गरी अनुसन्धान थालिएको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार