विपद्ले शिक्षा क्षेत्रमा परेको असरबारे शिक्षामन्त्रीले प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दै

शुक्रबार, असोज १८, २०८१

काठमाडौँ । बाढी पहिरो तथा डुबानले विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्रीले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएकी छन् । असोज ११ गतेदेखि परेको भारी वर्षाका कारण विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्री विद्या भट्टराईले प्रदेश मन्त्रीहरूसँग छलफल गर्न लागेकी हुन् । सातै प्रदेशका शिक्षा हेर्ने सामाजिक विकासमन्त्रीहरूसँग असोज २२ गते छलफल गर्न लागिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । आजको लागि तय भएको छलफल असोज २२ गतेका लागि सारिएको हो । मन्त्री भट्टराई आज विधेयक समितिको बैठकमा जानुपर्ने भएकाले २२ गतेका लागि बोलाइएको प्रवक्ता भट्टराईले बताए । बाढी पहिरो तथा डुबानका कारण देशभरका करिब १५० विद्यालयमा क्षति पुगेको मन्त्रालयको पूर्वानुमान छ । मन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको छ । अहिले नै क्षतिको यकिन विवरण आइनसकेको प्रवक्ता भट्टराईले बताए । मन्त्री भट्टराईले प्रदेश मन्त्रीहरूसँग अन्य सरोकारवाला निकायसँग समेत छलफल गर्न लागेकी हुन् । शिक्षा क्षेत्र सरोकार राख्ने निकायहरूसँग क्षतिबारे जानकारी दिनुका साथै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल थालेकी हुन् । 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार